हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

काँग्रेस नेता सिटौलाको छोराको विवाह, जन्ती पाँचजना

बिर्तामोड । बैशाख महिना विवाह गर्ने एक उत्तम महिना हो यो महिना विवाह गर्न धेरैले पहिलेनै मिति तोकि सकेका थिए कतिले तोक्ने तयारीमा थिए । बैशाख सुरुहुनु अगाबै कोरोना भाईरस महामारीले धेरैको भव्य रुपमा विवाह गर्ने योजना केवल कल्पनामा मात्रै सिमित रहने अवस्था बन्यो, देशको सम्पूर्ण क्षेत्रमा भएको बन्दाबन्दी संगै भाईरस फैलने जोखिमलाई कम गर्न सरकारले २५ जना भन्दा धेरै भेला भएर कुनै पनि सामाजिक, घरायसी कार्यक्रम नगर्न गरेको उर्दी, सचेतना अनुसार पूर्व तय भएका कार्यक्रमहरु धेरैले स्थिगित गरेका छन । केहीले भने धार्मिक आस्था र पारिवारिक आवसेकताका आधारमा सरकारले तोकेको संख्या अनुसारको संख्या र सामाजिक दुरीलाई कायम राख्दै कार्यक्रमहरु आयोजना गरेका छन।

Advertisement

आइतबार झापाका विभिन्न स्थानमा आज उत्तम साईत परेको भन्दै वैवाहिक कार्यक्रम आयोजना गरेको पाइएको छ । त्यस्तै झापाको विर्तामोड स्थित जात्रुबाडी चोकमा एक व्यवसायी, समाजसेवीको घरमा पनि विवाहको कार्यक्रम सम्पन्न भएको छ ।बिर्तामोडका विभिन्न संघ संस्थामा रहेर सामाजिक काममा सक्रिय बन्दै आएका दम्पती ओमकृष्ण बिमली र पार्वता बिमलीकी जेठीछोरी मनिसा बिमलीको विवाह नेपाली काँग्रेसका प्रभावशाली नेता, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाका छोरा श्यामबाबु सिटौला संग सम्पन्न भएको हो ।

Advertisement

नेता सिटौला आफैमा राष्ट्रिय स्तरमा परिचित व्यक्ती भएकाले सहज परिस्थितीमा भने छोराको विवाहमा आउने जन्तीहरु विशिष्ट व्यक्तीहरु र उल्लेखनिय संख्या हुनेनै थियो । त्यस्तै विमली पनि विर्तामोडका एक प्रतिस्ठित व्यापारीहुन उनको पनि समाजमा धेरै संग परिचय रहेको छ ।

विवाह हुनु कुनै नौलो कुरा होइन तर आज लकडाउ रहेको अबस्थामा आयोजना भएको विवहा भने अन्य समयको भन्दा रोचक र अनौठो बनेको थियो । नेता सिटौला बेहुला छोरा र आफ्ना दुई जना अंग रक्षक र अरु ३ जना गरि ७ जनाको संख्यामा झापाको भद्रपुर स्थित चन्द्रगढीबाट जन्ती लिएर आएका थिए । उता वेहुलीको घरमा स्वागतका लागि १२ देखि १५ जनाको उपस्थिती रहेको थियो ।
आएका जन्तीलाई प्रवेश गर्नु अघि गेटकै छेउमा राखेको साबुन पानीले हात धुन लगाईयो, हात धोई सकेपछी सेनिटाईजर हातमा लगाएर मात्र प्रवेश गराइएको थियो । सबैले अनिवार्य रुपमा मास्क प्रयोग गरेका थिए, घर पट्टिकाले पनि सबैले मास्क लगाएका थिए ।

बाजागाजा केही थिएन, महोल शान्त र सुनसान थियो । आएका जन्ती र घर गाउँलेहरु सामाजिकदुरी कायम गरेर बसेका थिए । विवाहको कर्मगर्दा आलोपालो संग गरिएको थियो । यतीवेला यस्था कार्यक्रम भरसक नगर्दानै उचित हुन्छ यदी गर्नैपरे विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको सुरक्षा र सचेतनाका लागि अवलम्बन गर्नुपर्ने सबै बिधी र प्रक्रिया पुरा गर्नुपर्छ भन्ने संदेश नेता सिटौलाको छोराको विवाहले दिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)