हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कुवेतमा ६१ जना नेपालीमा देखियो कोरोना संक्रमण

काठमाडौं , कुवेतमा कोरोनाभाइरसको संक्रमण देखिने नेपालीको संख्या ६१ पुगेको छ । कुवेतमा थप १० जना नेपालीमा कोरोना पुष्टी भएलगत्तै संक्रमित नेपालीको संख्या ६१ पुगेको हो । कुवेतमा थप १० जना नेपालीमा कोरोना देखिएको कुवेतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Advertisement

कुवेतमा कोरोनाको संक्रमणबाट हालसम्म २४ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ३ हजार ७ सय ४० पुगेको छ । त्यस्तै संक्रमित मध्ये एक हजार ३ सय ८९ जना उपचारपछि निको भइसकेका छन् । कुवेतमा पछिल्लो २४ घण्टामा ३ सय नयाँ संक्रमित फेला परेका हुन् ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)