हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कोरोना संक्रमित देशको १० औँ स्थानमा भारत, मृतकको संख्या ४ हजार नाघ्यो

भद्रपुर । माहामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट छिमेकी देश भारतमा संक्रमितको संख्या १ लाख ३८ हजार ५ सय पुगेको छ । पछिल्लो २४ घण्टामा ७ हजार १ सय थपिएसँगै त्यहाँ संक्रमितको कुल संख्या १ लाख ३८ हजार ५ सय पुगेको हो ।

Advertisement

यो सँगै भारत सर्बाधिक कोरोना संक्रमित देशको १० औँ स्थानमा आइतबार इरानलाई उछिन्दै भारत सर्बाधिक संक्रमित देशको १० औँ स्थानमा उक्लिएको हो । २४ घण्टामा भारतमा १ सय ५६ जनाको मृत्यु भएको छ । यो सँगै त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार नाघेको छ । भारतमा साढे ५७ हजार व्यक्ति संक्रमण मुक्त हुँदा ७६ हजार ८ सय व्यक्तिको उपचार छ ।

Advertisement

जसमध्ये ८ हजार ९ सय संक्रमितकोे अवस्था गम्भीर रहेको छ । विश्वका २ सय १५ देशमा फैलिसकेको कोरोनाबाट सोमबार बिहानसम्म ५५ लाख व्यक्ति प्रभावित भएका छन् । जसमध्ये २३ लाख व्यक्ति निको हुँदा ३ लाख ४६ हजार संक्रमितको मृत्यु भएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)