झापा, माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशबाट ३ पदमा ५ जनाको उम्मेदवारी परेको छ। अन्यतर्फको क्लस्टरमा नेपाली कांग्रेसका सुनिल थापा निर्विरोध निर्वाचित भएका छन्।निर्वाचन अधिकृत भीष्मराज प्रसाईँका अनुसार नेकपाका उम्मेदवार हेमराज घिमिरेले वारेसमार्फत पेश गरेको निवेदन र फारममा हस्ताक्षर नभएकाले उनको उम्मेदवारी कायम हुन सकेन। त्यसपछि उक्त क्लस्टरमा सुनिल थापाको मात्रै नाम कायम भएको हो।दलित र महिला क्लस्टरमा भने प्रतिस्पर्धा हुने भएको छ। कांग्रेस–एमाले–जसपा गठबन्धनबाट एमालेका सोम पोर्तेल (दलित) र रोशनी मेचे (महिला) उम्मेदवार बनेका छन्। नेकपाको तर्फबाट दलितमा खेम सुन्दास र महिलामा नमिता न्यौपानेको उम्मेदवारी परेको छ।निर्वाचन आयोगका अनुसार उम्मेदवारी प्रक्रिया पूरा भइसकेको छ भने माघ ११ गते मतदान हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार