काठमाडौं — नेपाली कांग्रेसको अधिवेशनबाट थापा–शर्मा समूहको नेतृत्वमा केन्द्रीय कार्यसमिति तथा अन्य वैधानिक समितिहरू निर्वाचित भएका छन्।
अधिवेशनले गगन कुमार थापालाई सभापतिमा निर्वाचित गरेको छ।उपसभापतिमा विश्व प्रकाश शर्मा र पुष्पा भुषाल चयन भएका छन् भने महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचित भएका छन्। सह–महामन्त्री पदमा महिला सह–महामन्त्रीमा डा. डिला संग्रौला पन्त, दलिततर्फ प्रकाश रसाईली स्नेही, आदिवासी जनजातितर्फ बहादुर सिंह लामा, खस आर्यतर्फ उदय शम्शेर राणा, मधेशीतर्फ मुक्ता कुमारी यादव, मुस्लिमतर्फ फर्मुल्ला मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी र पिछडिएको क्षेत्रतर्फ कर्ण बहादुर बुढा निर्वाचित भएका छन्छहन।
केन्द्रीय सदस्य खुल्ला कोटाबाट गोपालमान श्रेष्ठ, ओमकार प्रसाद श्रेष्ठ, अर्जुन नरसिंह के.सी., राजेन्द्र कुमार के.सी., अर्जुन प्रसाद जोशी, सुरेश कुमार योङ्या, चिनकाजी श्रेष्ठ, सुधिर सिवाकोटी, भरत शाह, मधु आचार्य, अमृत अर्याल, धुर्व वाग्ले, देवराज चालिसे, विनोद चौधरी, मोहन आचार्य, उज्वल बराल, जनक गिरी, देव प्रसाद तिमिल्सिना, अजय बाबु सिवाकोटी, प्रेम बहादुर खड्का, जयराम लामिछाने, बसन्त भट्टराई, प्रदीप शर्मा, जगत जोशी, प्रमोदहरि गुरागाईं, डा. केदार नरसिंह के.सी., विदुर बस्नेत, तीर्थ जंग शाही, भरत खड्का, सुवास पोखरेल, शम्भु बुढाथोकी, धर्मराज गौतम, टेकराज पौडेल, तिलक रानाभाट र राजेन्द्र गोपाल सिंह निर्वाचित भएका छन्।
महिला खुल्ला कोटाबाट चम्पा देवी खड्का, धना खतिवडा, नानु बास्तोला, चिनु पोखरेल, जानकी सिंह, प्रतिमा गौतम, गीता सत्याल, सन्तोषी साउद ऐरी र दिल कुमारी राई केन्द्रीय सदस्य बनेका छन्।प्रदेशगत रूपमा कोशी प्रदेशबाट महिला तर्फ शारदा देवी कोइराला तथा खुल्लातर्फ हिमालय कर्माचार्य र अग्नि पौडेल निर्वाचित भएका छन्।
मधेश प्रदेशबाट महिला तर्फ मधु शाही तथा खुल्लातर्फ रामानन्द यादव र बजरंग नेपाली चयन भएका छन्। बागमती प्रदेशबाट महिला तर्फ उमा दाहाल र खुल्लातर्फ जितनारायण श्रेष्ठ तथा रमेश धमाला निर्वाचित भएका छन्। गण्डकी प्रदेशबाट महिला तर्फ विष्णु देवी पाण्डे र खुल्लातर्फ रेशम बानियाँ तथा कृष्ण के.सी. चयन भएका छन्।लुम्बिनी प्रदेशबाट महिला तर्फ पवित्रा कुमारी अर्याल र खुल्लातर्फ केशव आचार्य तथा राम बहादुर कार्की, कर्णाली प्रदेशबाट महिला तर्फ रामदेवी खड्का र खुल्लातर्फ दिक्पाल शाही तथा नारायण भट्टराई, सुदूरपश्चिम प्रदेशबाट महिला तर्फ निपा चोख्याल र खुल्लातर्फ हिम बहादुर रावल तथा नरेन्द्र प्रसाद भट्ट निर्वाचित भएका छन्।
समावेशी कोटाअन्तर्गत अपाङ्गता भएका व्यक्तितर्फ प्रकाश पन्थ, अल्पसंख्यकतर्फ शिवनारायण सिंह गनगाईं निर्वाचित भएका छन्। दलित महिला तर्फ सिता मिजार, छाया सुनार, गंगा सुनार र लिला नेपाली तथा दलित खुल्लातर्फ मैकुलाल बाल्मिकी, शिव बहादुर सुनार, धर्म नेपाली दर्जी, सूर्य बी.के. र दिनेश सुनार चयन भएका छन्।आदिवासी जनजाति महिला तर्फ सपनाराज भण्डारी, प्रमिला राई, मन कुमारी गुरुङ, कुसुमदेवी थापामगर, लिलादेवी बोखिम लिम्बु, डा. अमिता प्रधान र छीन्दुल्होमु शेर्पा तथा आदिवासी जनजाति खुल्लातर्फ तारामान गुरुङ, अष्टकुमार काबे, छन्द बहादुर पहराई मगर, नगेन्द्र कुमाल, शम्भुलाल श्रेष्ठ, भीम श्रीष, नरेन्द्र केरुङ र दिपन श्रेष्ठ निर्वाचित भएका छन्।
खस आर्य महिला तर्फ उमा सिवाकोटी, बाला अधिकारी, मुना भुषाल, इन्दिरा कार्की, विनिता खड्का र सम्झना खत्री तथा खस आर्य खुल्लातर्फ विजय स्वार, मथुरा घिमिरे, जगदीशचन्द्र उपाध्याय, विष्णु कुमार कार्की, विश्वनाथ रिजाल, केशव भेटुवाल र कमल भुषाल चयन भएका छन्।मधेशी महिला तर्फ अञ्जु झा, चन्द्रकला कुमारी यादव, गोमा अन्सारी र निलम साह तथा मधेशी खुल्लातर्फ राम पल्टन शाह, नागेन्द्र शाह, राधेश्याम पाठक, सुनिल कुमार यादव र रामरुप प्रसाद निर्वाचित भएका छन्।

मुस्लिम महिला तर्फ सनम बेगम र मुस्लिम खुल्लातर्फ अब्दुल रज्जाक गद्दी तथा अब्दुल सत्तार चयन भएका छन्। थारु महिला तर्फ नवोदिता चौधरी र सुनिता राना तथा थारु खुल्लातर्फ सुरेन्द्र प्रसाद चौधरी र गोपाल दहित निर्वाचित भएका छन्। पिछडिएको क्षेत्र खुल्लातर्फ दीपक जंग शाह चयन भएका छन्।अधिवेशनले केन्द्रीय कार्यसमितिसँगै अनुशासन, लेखा, नीति तथा कार्यक्रम, निर्वाचन र प्रचार–प्रसारलगायतका अन्य वैधानिक समितिहरू पनि निर्वाचित गरेको छ।
नव निर्वाचित नेतृत्वले पार्टी संगठन सुदृढीकरण, आन्तरिक लोकतन्त्र मजबुत बनाउने र आगामी राजनीतिक चुनौती सामना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।


















