काभ्रे जिल्ला, नमोबुद्ध नगरपालिका–६ मेदाम्सुकी कमला मोक्तानको आकस्मिक कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्थाले उनका परिवार आर्थिक रूपमा निकै कठीन परिस्थितिमा रहेका छन्।

यस्तै परिस्थितिमा साथ दिने उद्देश्यले नेपाली जनसम्पर्क समिति मलेसियाले कमला मोक्तान उपचारका लागि रु २३,३०० रकम निजका अभिभावकको खातामा जम्मा गरेको छ।

यसैगरी, रुपन्देहीको तिलोत्तमा–७ का १६ वर्षीय शुभम उपाध्याय ज्ञवाली, दुर्लभ र जटिल रोग Hemophagocytic Lympho-histiocytosis (HLH) बाट पीडित भई भारतको राजीव गान्धी क्यान्सर इन्स्टिच्युटमा उपचाररत छन्। एक किशोरको जीवनमरणसँग जोडिएको संघर्ष र परिवारको पीडामा हातेमालो गर्न समिति मलेसियाले हालै संकलन गरिएको रु १०,२६० उपचारका लागि उपलब्ध गराएको छ।

समितिका सभापति चोलाकान्त पंगेनीको समन्वय तथा सह–कोषाध्यक्ष इन्द्रप्रकाश भण्डारीको सक्रियतामा संकलित उक्त रकम दुबै बिरामीका अभिभावकको खातामा सीधे पठाइएको जनाइएको छ।

सभापति पंगेनीका अनुसार “आपत–विपतका घडीमा हामी नेपाली एक–अर्काका साथमा छौँ भन्ने भावनाको अभिव्यक्ति हो यो। सामूहिक सहयोग र सहानुभूतिको शक्ति बिरामी र परिवारको मनोबल अभिवृद्धि गर्ने माध्यम बन्छ।”

समितिले आर्थिक सहयोग प्रदान गर्न योगदान गर्ने सबै सहयोगी मनहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै दुबै बिरामीको सफल उपचार तथा शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार