काबुल १७ असोज – अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा एक पत्रकारसहित तीन व्यक्तिको गोली हानी हत्या गरिएको अधिकारीहरुले आइतबार जनाएका छन् । जलालाबाद शहरमा शनिबार साँझ आफ्ना आफन्तसंग घुमिरहेका पत्रकार सेयद मरोफ शादातलाई लक्षित गोली प्रहार भएको जनाइएको छ ।

बन्दुकधारीले उनीहरुलाई गोली हानेको एक सुरक्षास्रोतले नाम नबताउने शर्तमा सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।

गोली प्रहारबाट शादातका छोरा र गाडीका चालक घाइते भएका जनाइएको छ । एक स्वतन्त्र अफगान मिडिया समूह अफगान पत्रकार सुरक्षा समिति ९एजेएससि० ले हत्याको निन्दा गरेको छ । गोली प्रहारको जिम्मा अहिलेसम्म कुनै समूहले लिएको छैन ।

स्रोतका अनुसार तालिबान अधिकारीहरुले यस घटनाको अनुसन्धान गरिरहेका छन् ।अफगानिस्तानको राजाधानी काबुलको पूर्वमा १२० किलोमिटर टाढा रहेको जलालाबाद शहरमा इस्लामसँग सम्बद्ध आतंकवादीहरुले हमला गर्दै आएका छन् । (रासस-सिन्ह्वा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार