हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

घरफिर्ती -पुन एकीकरण र रोजगारलाई सहज बनाउनविज्ञ र गैरआवासीय नेपालीहरु वीच छलफल

काठमाडौं – गैर आवासीय नेपाली संघ एसिया प्यासिफिकको आठौं क्षेत्रीय भेला तथा पहिलो विज्ञ सम्मेलनको मूख्य शत्रका रुपमा ‘आप्रवासी नेपाली कामदार र स्वदेश फिर्ता, पुन एकिकरण र रोजगार’ का विषयमा सरकारी पक्ष, सम्बन्धित विषयका विज्ञ र गैरआवासीय नेपालीहरु वीच छलफल भएको छ ।

Advertisement

आप्रवासी कामदारको घर फिर्ती, पुन एकीकरण र रोजगार सहज हुनु पर्ने सरोकारवालाको जोड छ । कोभिड १९ का कारणका नेपाली कामदारको रोजगार गुमेको हुँदा स्वदेशमा नै रोजगार सृजना गर्न एनआरएन र नेपाल सरकारबीच सहकार्य हुनु पर्ने बताइएको छ ।

Advertisement

कार्यक्रममा वैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले विदेशमा रहेका नेपालीहरुको उद्धार तथा पुनएकीकरणका लागि सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले विदेशमा समस्यामा परेका नेपालीलाई निशुल्क उद्धारका लागि पैसा पठाइसकिएको तर सरकारले मात्र स्वदेश फर्कन चाहने सबैलाई ल्याउन नसकिने बताउनुभयो । उहाँले भन्नुभयो–‘सबै मिलेर अहिलेको समस्या समाधान गरौ ।’

कार्यक्रममा संघीय सांसद तथा नेपाली कााग्रेस केन्द्रीय सदस्य डा। डिला संग्रौलाले आप्रवासी कामदारको पक्षमा सरकारले वेवास्ता गरेको बताउनुभयो ।उहाँले भन्नुभयो–‘ पीडामा परेका नेपालीहरुको पक्षमा सरकारले वास्ता गरेको छैन, एनआरएनले प्राथमिकतामा राखेर काम गर्नु खुशीको विषय हो ।’

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठक, नेपाल सरकारका पूर्व सचिव तथा वैदेशिक रोजगार विज्ञ पूर्णचन्द्र भट्टराईले आप्रवासी कामदारको घर फिर्ती, पुनएकीकरण र रोजगार आजको मुल विषय भएकाले सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

एनआरएनका उपाध्यक्ष तथा इम्प्लोइमेण्ट एण्ड वेलफेयर डिपार्टका सभापति डा बद्री केसीले एनआरएन आफैले सहयोग जुटाएर उद्धार तथा सहायता गरिएको बताउनु भयो । उहााले वैदेशिक रोजगार कल्याणकारी कोषको रकम सदुपयोग हुननसकेकोमा दुस्ख व्यक्त गर्नुभयो ।

एनआरएन सचिव आरके शर्मा, सल्लाहकार द्वय टिबी कार्की र यमकुमार गुरुङ, पूर्व सचिव तथा प्रवत्ता डिबी क्षेत्रीले आप्रवासी नेपाली कामदारको पक्षमा सरकारले त्यति चासो नदिएको बताउनुभयो ।

एसिया प्यासिफिक उपसंयोजक खगेन्द्र न्यौपानेलेले विषय प्रवेश गराएर शुरु भएको कार्यक्रमको समापन एसिया प्यासिफिक संयोजक रोविन्दप्रसाद श्रेष्ठले गर्नुभएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)