हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

चट्याङ र पहिरोमा परी ५९ जनाको मृत्यु , लाखौं मानिस अलपत्र

भारत र बंगलादेशमा भीषण मनसुनी आँधीका कारण चट्याङ र पहिरोमा परेर कम्तीमा ५९ जनाको मृत्यु भएको बताइएको छ । बाढीबाट लाखौं मानिसहरू अलपत्र परेका छन् । आपतकालीन उद्धारकर्ताहरू प्रभावित व्यक्तिसम्म पुग्न संघर्ष गरिरहेका छन् । आगामी दिनमा बाढीको प्रभाव अझै बढ्न सक्ने मौसमविद्ले चेतावनी दिएका छन् । बंगलादेशमा आएको बाढी सन् २००४ पछिकै सबैभन्दा खराब भएको बंगलादेशका अधिकारीहरूले जनाएका छन् ।

Advertisement

पछिल्ला साता आएको निरन्तरको वर्षाले छिमेकीे उत्तरपूर्वी क्षेत्रको ठूलो भूभाग डुबानमा परेको छ । विद्यालयलाई अस्थायी आश्रयस्थल बनाइएको छ भने पानीको बढ्दो बहाबका कारण बिच्छेद बनेका नजिकका समुदायलाई उद्धार गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Advertisement

छिमेकी भारतको आसाम राज्यमा पाँच दिनदेखिको अविरल वर्षापछि आएको बाढीबाट १८ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले बाढीमा परेकाहरूलाई ‘सबै आवश्यक सहयोग र राहत’ उपलब्ध गराउन निर्देशन दिएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)