समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

चन्द्रगढी  खानेपानी निर्वाचनमा कांग्रेस–एमाले गठबन्धन पराजित, रास्वपाको वर्चस्व कायम

भद्रपुर, झापा, १२ कार्तिक । भद्रपुर–९ स्थित चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफाई समितिको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्पष्ट वर्चस्व कायम गरेको छ।

नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धनका साझा उम्मेदवार बद्रीप्रसाद उप्रेतीलाई १९७ मतान्तरले पराजित गर्दै रास्वपाका जगतप्रसाद तिवारी अध्यक्षमा निर्वाचित भए। निर्वाचनमा तिवारीले ४२३ मत पाउँदा उप्रेतीले २२६ मत प्राप्त गरे।

विज्ञापन (Advertisement)Advertisement

उपाध्यक्षमा रास्वपाका घनश्याम अधिकारी ३२७ मत, सचिवमा गठबन्धनबाट सन्तोसकुमार खड्का राजु ३२४ मत, सहसचिवमा रास्वपाकी बिमला पौडेल दाहाल ४१३ मत, र कोषाध्यक्षमा रास्वपाकी कल्पना पौडेल २६१ मत ल्याएर विजयी भएका छन्।

सदस्यहरूको रूपमा टेकबहादुर रोका, भिमप्रसाद निरौला, सुरेस घिमिरे र निरा भुजेल विजयी भएका छन्। निर्वाचनमा कुल ८९५ मतदाता रहेकोमा ७८९ मत खसेको थियो।

रास्वपाको यस जीतले स्थानीय खानेपानी तथा सरसफाई व्यवस्थापनमा पार्टीको स्पष्ट प्रभुत्व पुष्टि गरेको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)