समाचार
हल्दिबारी संवाददाता ४ महिना अगाडि

चन्द्रगढी विमानस्थलको सुरक्षामा सेना परिचालन

चन्द्रगढी विमानस्थलको सुरक्षामा नेपाली सेना परिचालन
झापास्थित चन्द्रगढी विमानस्थलमा सुरक्षासंवेदन शीलता लाई ध्यानमा राख्दै सरकारले नेपाली सेना परिचालन गरेको छ।

विमानस्थलको टर्मिनल बाहिरको सुरक्षाका लागि अरिदमन गण, चारआलीबाट करिब २५ जना सैनिक खटाइएको जनाइएको छ। उनीहरूले यात्रु तथा सर्वसाधारणको चेकजाँचलाई कडाइका साथ अगाडि बढाइरहेका छन्।
सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन सेना परिचालन गरिएको सरकारी स्रोतले जनाएको छ। यसअघि नियमित रूपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा दिँदै आएका थिए।

विज्ञापन (Advertisement)Advertisement

चन्द्रगढी विमानस्थल दैनिक करिब एक हजार ८०० यात्रु आवतजावत गर्ने देशकै सातौँ ठूलो विमानस्थलका रूपमा चिनिन्छ। यहाँबाट दैनिक १३ वटा उडान सञ्चालन हुने गरेका छन्।

सुरक्षा व्यवस्था कडा बनाइए पनि उडान तालिका भने नियमित रूपमा सञ्चालन भइरहेको अधिकारीहरूले बताएका छन्।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)