हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

चिनले नेपाली भूमि अतिक्रमण गरेको प्रति नागरिक पार्टी व्दारा बिरोध

कमला भट्टराई/ न्यूज डेक्स बिर्तामोड असोज १२/चिनले नेपाली भूमि अतिक्रमण गरेको बिषयलाई लिएर नेपाली नागरिक पार्टी केन्द्रिय समितिले बिरोध गर्दै उक्त नेपाली भूमि चिनले फिर्ता नगरुन्जेलसम्म सशक्त आन्दोलन गर्ने अल्टिमेटम दिएको छ।

Advertisement

पार्टी केन्द्रिय अध्यक्ष रामचन्द्र छेत्री र प्रबक्ता देवेन्द्रकिशोर ढुंगाना व्दारा संयुक्त हस्ताक्षरित बिज्ञप्तिमा हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको अधिकांश नेपाली भूमि चिनले अतिक्रमण गरेको र चिनले नेपाली भूमि फिर्ता गर्नु पर्ने मांग उठाएको छ ।

Advertisement

बिज्ञप्तिमा सरकारले हुम्लाको जिमी लाप्चादेखि हिल्सासम्मको सिमा अध्ययन गर्न गृह मन्त्रालयका सह सचिबको नेतृत्वमा अध्ययन समिति बनाई गृहमन्त्री समक्ष प्रतिबेदन बुझाई सकेको अबस्थामा उक्त प्रतिबेदनमा दूबै देशको संयन्त्र बनाएर सिमा लगायतका बिषयमा आपसी छलफलबाट निकास दिनु पर्ने मांग सुझाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)