हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ११ महिना अगाडि

जन्मदिनको अवसरमा मृगौला पीडितलाई सहयोग

बिर्तामोड, झापा — कर्णाली सहकारीका सचिव तथा समाजसेवी भुपाल बस्नेतले आफ्नो जन्मदिनको अवसरमा मृगौला पीडित एक किशोरलाई आर्थिक सहयोग गरेका छन्।

Advertisement

हल्दीबारी–३ निवासी १७ वर्षीय विक्की महतोका दुवै मृगौला बिग्रिएपछि हाल भद्रपुरस्थित ओम साही पाथिभरा अस्पतालमा उपचार भइरहेको छ। आर्थिक समस्या थपिएको अवस्थामा बस्नेतले मंगलबार बिर्तामोड–४ मा रहेको कर्णाली सहकारीको सभा हलमा आयोजना गरिएको कार्यक्रममा महतो परिवारलाई १० हजार रुपैयाँ सहयोग गरेका हुन्।

Advertisement

सोही कार्यक्रममा कोरियामा रहेका जोनिस खड्काले बस्नेतलाई जन्मदिनको अवसरमा पठाएको साइकल पनि हस्तान्तरण गरिएको थियो। खड्काकी आमा अर्चना सुवेदीले सहकारीको सभा हलमै उक्त उपहार बुझाइदिएकी थिइन्।

सहकारीका गारामुनि शाखा प्रमुख रविन कार्कीको जन्मदिन पनि मंगलबार परेकोले सहकारी परिवारले संयुक्त रूपमा कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा उपाध्यक्ष रामकुमार गौतम, भूमिका घिमिरेसहितका कर्मचारीहरूले बस्नेत र कार्कीलाई टोपी, खादा र माला अर्पण गर्दै शुभकामना व्यक्त गरेका थिए।

नरबहादुर–गंगामाया बस्नेत क्यान्सर पीडित सहयोग संस्थाका अध्यक्ष समेत रहेका भुपाल बस्नेत लामो समयदेखि आफ्ना दिवंगत बुवाआमाको स्मृतिमा सामाजिक कार्य गर्दै आएका छन्। विपन्न र पीडितलाई सहयोग पुर्‍याउँदै आएका उनी सामाजिक अभियन्ताका रूपमा परिचित छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)