समाचार
हल्दिबारी संवाददाता ९ महिना अगाडि

झापा: प्रहरी नायव उपरीक्षक खड्कालाई प्रहरी प्रधान कार्यालयद्वारा सम्मान

असोज ३१, २०८२ | झापा । झापामा, नेपाल प्रहरीले ७० औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्कालाई पुरस्कृत गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारीसमेत रहेका खड्कालाई प्रहरी प्रधान कार्यालयले सम्मान गरेको हो। उनलाई विशेषगरी बन्द हड्ताल, जुलुस नियन्त्रण, प्रहरी कार्य सञ्चालन तथा शान्ति सुरक्षा प्रविधि क्षेत्रमा योगदान पुर्याएको भन्दै पुरस्कृत गरिएको थियो।

विज्ञापन (Advertisement)Advertisement

पुरस्कार कार्यक्रम प्रहरी प्रधान कार्यालयमा आयोजना गरिएको थियो, जहाँ प्रहरी महानिरीक्षक चन्द्र कुवेश खापुङले सम्मानपत्र प्रदान गरेका थिए।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)