हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

झापाका १५ वटै पालिका सहभागी हुने लिग फुटबल प्रतियोगिता मंसिर ७ गते देखि

भद्रपुर, ६ बैशाख । भद्रपुर झापा गोल्डकपले आयोजना गर्न लागेको उमेर समूहको झापा जिल्लास्तरीय अन्तरपालिका लिग फुटबल प्रतियोगिताको मिति तय भएको छ ।

Advertisement

आज मेची रंगशाला चन्द्रगढीमा बसेको गोल्डकप कार्यसमितिको बैठकले उमेर समूहको लिग फुटबल प्रतियोगिता यही मंसिर पहिलो साताबाट गर्न लागिएको हो ।

Advertisement

झापाका १५ वटै पालिका सहभागी हुने लिग फुटबल प्रतियोगिता २०८० मंसिर ७ गतेदेखि मेची रंगशालामा सञ्चालन गर्ने निर्णय गरिएको गोल्डकपका अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।

लिग प्रतियोगिता–२०८० सञ्चालन तथा व्यवस्थापन सम्बन्धी नियमावली मस्यौदा तयार गर्न झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाको संयोजकत्वमा समिति बनाएको महासचिव जीवनकुमार श्रेष्ठले बताए ।

समिति सदस्यहरुमा गोल्डकपका उपाध्यक्ष गौरव सुब्बा, सचिव टहलदास मैनाली, सदस्य गम्भीर राई र सदस्य पूर्णमाया सुब्बा रहेका छन् ।गोल्डकपका अध्यक्ष ढकालका अनुसार भद्रपुर झापा गोल्डकपको उत्कृष्ट टिम तयार गर्ने उद्देश्यले झापा लिग सञ्चालन गर्न लागिएको हो ।लिगमार्फत खेलाडी छनोट गरेर आयोजकको टिमबाट खेल्ने खेलाडी विशुद्ध झापाकै बनाउन लागिएको अध्यक्ष ढकालले बताए ।

यसैबीच,  भद्रपुरमा बाल फुटबल प्रशिक्षण परियोजना सञ्चालन गर्न यही बैशाख १६ र २३ गते छनोट प्रतियोगिता सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ ।

बैठकले महासचिव श्रेष्ठले तयार पारको मस्यौदा पारित गर्ने निर्णय गर्दै युवा फुटबल प्रशिक्षण परियोजना मेची रंगशालामा सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले प्रशिक्षार्थी छनोटका लागि आले मामा संयोजक तथा गम्भीर राई, पूर्णमाया सुब्बा, भरतचन्द्र गुरुङ र टेकबहादुर गुरुङ सदस्य रहेको समिति बनाएको  छ ।

त्यस्तै, प्रशिक्षार्थी समन्वय तथा प्रशिक्षण व्यवस्थापनका लागि उपाध्यक्ष सुब्बा संयोजक तथा सचिव मैनाली र सहसचिव योगेन्द्र पौडेल सदस्य रहेको समिति बनाएको छ । बैठकले युवा फुटबल प्रशिक्षणका लागि प्रशिक्षकहरु गम्भीर राई, मित्र बस्नेत र पूर्णमाया सुब्बालाई जिम्मा दिने निर्णय गरेको छ ।

१४ देखि १६ र १७ देखि १९ वर्ष उमेर समूहमा विद्यार्थीलाई विभाजन गरी भद्रपुर झापा गोल्डकप बाल फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)