झापा, कचनकवल । झापाको कचनकवल गाउँपालिका–७ स्थित दिप ज्योती सामुदायिक बनमा भाले जातको जंगली हात्ती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार आज दिउँसो जङ्गलमा मृत हात्ती देखेपछि
सामुदायिक बनका पदाधिकारीहरूले मृत हात्ती फेला परेको जानकारी तुरुन्तै डिभिजन वन कार्यालय चन्द्रगढीमा दिएका थिए।

उक्त कार्यालयबाट खटिएको टोलीले घटनास्थलमा पुगेर कानुनी प्रक्रिया पूरा गरी हात्तीको सदगत (सदकृत) प्रक्रिया सम्पन्न गरेको छ।

वन संरक्षक तथा स्थानीय जनप्रतिनिधिहरूले वन्यजन्तुको संरक्षण र अवैध शिकार रोकथाममा विशेष ध्यान दिनुपर्ने बताएका छन्। फाइल तस्बिर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार