हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ११ महिना अगाडि

झापाको दमकमा जंगली हात्तीको आतंक, चार घरमा क्षति

झापा, दमक/२०८२।०४।१८ |  हिजो राति मिती २०८२ साल साउन १८ गते अन्दाजी राति २२:०० बजेको समयमा झापा जिल्ला दमक नगरपालिका–२ स्थित बेलडागी बन कार्यालय छेउका स्थानीय बासिन्दाहरूको घरमा जंगली हात्तीले ठूलो क्षति पुर्‍याएको छ।

Advertisement

स्रोतका अनुसार दुईवटा जंगली हात्ती जंगलबाट आएर क्रमशः चारवटा घरमा प्रवेश गरी भौतिक र खाद्यान्न सामग्रीमा क्षति पुर्‍याएका थिए। अन्दाजी राति २३:०० बजेतिर ती हात्तीहरू पुनः जंगलतर्फ फर्किएका थिए।

Advertisement

क्षतिको विवरण निम्न अनुसार छ:

१. टंक बहादुर राई
– भुई तले टिनको छानो, टाटीले बेरेको घर
– टाटी बेरा भत्काई घरभित्र राखिएको १ बोरा चामल र १ ड्रम जाँड खाएकाे
– अन्दाजी क्षति: रु १०,०००।– (दश हजार रुपैयाँ)

२. कुल बहादुर चौहान
– टिनले बेरेको मन्दिर कोठा भत्काइयो
– १५/२० झुत्ता मकै खाइयो
– अन्दाजी क्षति: रु ५,०००।– (पाँच हजार रुपैयाँ)

३. चन्द्रकला खड्का
– टिनको छानो र टाटी बेरा भएको भान्सा घरमा क्षति
– टाटी बेरा भत्काई घरभित्र राखिएको १ बोरा चामल र ५ केजी दाल खाइयो
– अन्दाजी क्षति: रु ५,०००।– (पाँच हजार रुपैयाँ)

४. राजु लिम्बु र पुष्प खतिवडा
– भान्सा घरको टिन सामान्य मात्रामा भत्काइएको
– क्षतिको रकम उल्लेख नगरिए पनि संरचनामा आंशिक क्षति भएको

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)