झापाको मेचीनगर नगरपालिका–६ स्थित कालीखोला पुल नजिक पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।
प्रहरीका अनुसार मिति २०८२ साल ९ महिनाको १७ गते साँझ करिब ८ः१५ बजे काँकरभिट्टाबाट बिर्तामोडतर्फ जाँदै गरेको प्र १–०१–०१३ प ५८८८ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको PB02BR7765 नम्बरको मालवाहक ट्रकले पछाडिबाट ठक्कर दिएको थियो।


दुर्घटनामा स्कुटर चालक मेचीनगर नगरपालिका–६ की अन्दाजी ३३ वर्षीया लक्ष्मी साह गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि आम्दा अस्पताल, धुलाबारी लगिएकोमा राति करिब ९ः१५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। मृतकको शव सोही अस्पतालमा राखिएको छ।
ट्रक चालक भारतको पञ्जाब राज्य अन्तर्गत अमृतसर जिल्लाका ३६ वर्षीय सन्दीप सिंहलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न ट्रक पनि प्रहरी नियन्त्रणमा रहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार