समाचार
हल्दिबारी संवाददाता २ महिना अगाडि

झापाको हल्दीबारीमा एक पुरुष मृत फेला

झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर–३ मा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । ​हल्दीबारी–३ स्थित मिजानी चोकबाट दक्षिणतर्फ रहेको जङ्गलमा स्थानीय ४५ वर्षीय पूर्णबहादुर भारती मृत फेला परेका हुन् । प्रहरीका अनुसार भारती जङ्गलभित्र नाइलनको डोरीमा झुन्डिएको अवस्थामा फेला परेका थिए । स्थानीय बासिन्दाले जङ्गलमा शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए ।


​घटनाको जानकारी पाउनासाथ जलथल प्रहरी चौकीका इन्चार्ज सञ्जीव चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले शवलाई सुरक्षित राखेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
​घटनास्थलको विस्तृत अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापाको विशेष अनुसन्धान टोलीलाई बोलाइएको हल्दीबारी वडा नम्बर–३ का वडा अध्यक्ष विष्णु प्रसाद ओलीले जानकारी दिए । उनका अनुसार मृतकको शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल पठाइने तयारी भइरहेको छ ।

विज्ञापन (Advertisement)Advertisement

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)