समाचार
हल्दिबारी संवाददाता ९ महिना अगाडि

झापामा अज्ञात पुरुष मृत अवस्थामा फेला

झापा: झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ०५, माईखोलाको बिच भागमा अन्दाजी ५५–६० वर्षीय अज्ञात पुरुष पानीमा घोप्टो परी मृत अवस्थामा फेला परेका छन्।

स्थानियहरूको सहयोगमा शव घट्नास्थलबाट करिब १०० मिटर पूर्वतर्फ सारेर सुरक्षित राखिएको थियो। थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाउन इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षकसहितको टोली खटाइएको र आवश्यक कानुनी प्रक्रिया पूरा गरी सबलाई  पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो।

विज्ञापन (Advertisement)Advertisement

प्रादेशिक अस्पतालमा राख्ने पर्याप्त स्थान नभएकाले शवलाई मदन भण्डारी ट्रमा अस्पताल, मंगलबारे, मोरङमा सारिएको छ।

प्रहरी घटनाको पूर्ण अनुसन्धान गरिरहेको छ र मृतकको पहिचानको प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)