हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ११ महिना अगाडि

झापामा आर्थिक, कृषि र स्वास्थ्य क्षेत्रमा उत्कृष्ट पत्रकारिता गर्न लेखनवृत्ति घोषणा

झापा — प्रेस चौतारी नेपाल झापाले आर्थिक, कृषि र स्वास्थ्य क्षेत्रका उत्कृष्ट समाचारका लागि ६/६ महिनामा लेखनवृत्ति प्रदान गर्ने घोषणा गरेको छ। संस्थापक अध्यक्ष नेत्रप्रसाद पाठकको स्मृतिमा स्थापित यो लेखनवृत्ति पहिलोपटक पत्रकार रमादाहाललाई प्रदान गरिएको हो।

Advertisement

दाहाललाई कान्तिपुर टेलिभिजनमा प्रसारित ‘मुस्लिम महिलाहरूको न्यायमा पहुँच’ विषयक समाचारका लागि बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले सम्मानपत्रसहित लेखनवृत्ति प्रदान गरिन्। पहिलो लेखनवृत्तिका लागि पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारीले आर्थिक सहयोग गरेकी थिइन्।

Advertisement

लेखनवृत्तिका विभिन्न विषयका दातामध्ये वित्तीय क्षेत्रमा प्रेस चौतारीका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सहइञ्चार्ज गोपाल काफ्ले, कृषि क्षेत्रमा अग्रज पत्रकार खगेन्द्र भण्डारी र स्वास्थ्य क्षेत्रमा कोशी प्रदेश सचिव लक्ष्मी उप्रेती रहेका छन्।

कार्यक्रममा प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियार, पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, नेकपा एमाले झापाका उपाध्यक्ष शिव ढुङ्गेललगायतले शुभकामना मन्तव्य राखे।

यही अवसरमा प्रेस चौतारी झापाले नारी सञ्चार गृहको निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै महिला पत्रकारहरूलाई दर खुवाउने र तीज मिलन समारोहको समेत आयोजना गरेको थियो। नगर प्रमुख प्रसाईले नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्यलाई खादा अर्पण गर्दै शुभकामना दिइन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)