समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

झापामा कैदीको अचानक मृत्यु

झापा, मंसिर ५ – झापाको जिल्ला कारागारमा भुक्तानी गरिरहेका ६१ वर्षीय कर्णबहादुर लिम्बु आज बिहान अचानक स्वास्थ्य समस्याका कारण मृत्यु भएको छ।

भारतको पश्चिम बंगाल, दार्जिलिङ निवासी लिम्बुलाई स्वास्थ्य समस्या देखिएपछि भद्रपुरस्थित प्रादेशिक अस्पतालमा ल्याइएको थियो। प्रहरीले जनाएको अनुसार, उपचारको क्रममा करिब ८:४० बजे उनकाे मृत्यु भएको हो।

विज्ञापन (Advertisement)Advertisement

उनका शव अस्पतालमै राखिएको छ र थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन प्रहरीले टोली खटाएको छ। मृतकका परिवारलाई घटनाको जानकारी गराइसकिएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)