बिर्तामोड, झापा । झापाको अर्जुनधारा नगरपालिका-६ स्थित चिया बगान क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा अवैध सामानसहित दुईवटा टेम्पो र तिनका चालकहरूलाई नियन्त्रणमा लिएको छ। २०८२ चैत ५ गते दिउँसो करिब २:०० बजेको समयमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको विशेष प्रहरी टोलीले चेकजाँचका क्रममा उक्त अवैध सामान बरामद गरेको हो। शनिश्चरेबाट बिर्तामोडतर्फ आउँदै गरेका दुईवटा टेम्पोलाई शङ्का लागेर रोकी खानतलासी गर्दा भन्सार छली ल्याइएका विभिन्न किसिमका कपडाहरू फेला परेका हुन्।

प्रहरीका अनुसार बरामद गरिएका सामानहरूमा पर्दा, साडी, कुर्था सुरुवाल र ढाका लगायतका कपडाहरू रहेका छन्, जसको अनुमानित बजार मूल्य ५ लाख रुपैयाँ बराबर रहेको छ। अवैध सामान ढुवानीमा संलग्न मे १ ह ६३५५ नम्बरको टेम्पो र त्यसका चालक झापा मेचीनगर नगरपालिका-७ निवासी ४० वर्षीय सुबिन्द्र जोगीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यसै गरी, मे १ ह ७२९४ नम्बरको अर्को टेम्पो र त्यसका चालक भोजपुर हतुवागढी गाउँपालिका-५ घर भई हाल मेचीनगर-७ बस्ने ३५ वर्षीय भमदल राईलाई पनि प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका दुवै चालक र नियन्त्रणमा लिइएका टेम्पोसहित बरामद गरिएका अवैध कपडाहरूलाई आवश्यक कानुनी कारबाही र थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ। भन्सार छलीका सामानहरूको अवैध ओसारपसार विरुद्ध प्रहरीले आफ्नो सक्रियता बढाएको यो घटनाले देखाएको छ। प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार