समाचार
हल्दिबारी संवाददाता १० महिना अगाडि

झापामा फरार लागु औषध प्रतिवादी पक्राउ

झापा, २२ भदौ। झापा जिल्ला अदालतको फैसला अनुसार फरार रहेका लागु औषध मुद्दाका प्रतिवादी बिजय धिमाललाई पक्राउ गरिएको छ।

प्रहरीका अनुसार, धिमाल (२४) दमक नगरपालिका–२ खरखरे बस्ने थिए। उनलाई जिल्ला प्रहरी कार्यालय (जिप्रका) झापाबाट फैसला कार्यान्वयनका लागि खटिएको टोलीले दमक नगरपालिका–५ स्थितबाट नियन्त्रणमा लिइ आवश्यक अनुसन्धानका लागि इप्रका दमक ल्याइएको थियो।

विज्ञापन (Advertisement)Advertisement

फैसला मिति २०८१।०२।१४ अनुसार धिमाललाई ५ वर्ष ९ महिना कैद र १०,००० रूपैयाँ जरिवाना तोकिएको थियो।आज मिति २०८२/०५/२२ जिल्ला अदालतमा पेश गर्दा धिमाललाई कारागार चलान गरिएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)