समाचार
हल्दिबारी संवाददाता २ महिना अगाडि

झापामा बेवारिसे अवस्थामा अवैध सखुवाको काठ बरामद

शिवसताक्षी, ८ जेठ । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईखोलाको किनारबाट प्रहरीले अवैध काठ बरामद गरेको छ ।

​विशेष सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट माईधारबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिहान साढे ५ बजेको समयमा बेवारिसे अवस्थामा लुकाइछिपाई राखिएको सखुवा जातको चिरान काठ फेला पारेको हो । प्रहरीका अनुसार बरामद गरिएको काठमा २८ वटा फेन्टा (करिब ३० क्युबिक फिट) रहेका छन् । उक्त काठको बजार मूल्य अनुमानित ८० हजार रुपैयाँ बराबर रहेको छ ।

विज्ञापन (Advertisement)Advertisement

​तस्करहरूले वन क्षेत्रबाट अवैध रूपमा काठ काटेर माईखोला किनारमा संकलन गरेको हुन सक्ने प्रहरीको अनुमान छ । बरामद गरिएको उक्त अवैध काठलाई आवश्यक कानुनी कारबाहीका लागि स्थानीय गैंडे सामुदायिक वन उपभोक्ता समितिको कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)