समाचार
हल्दिबारी संवाददाता ९ महिना अगाडि

झापामा विषालु सर्पले डस्दा एक बालकको मृत्यु

झापा :झापा जिल्लाको अर्जुनधारा नगरपालिका–११, चाम्लिङडाँडामा विषालु सर्पले डस्दा एक बालकको मृत्यु भएको छ।

मृतक १० वर्षीय अनीश राई, स्थानीय इन्द्रबहादुर राईका छोरा हुन्।गएराति आफ्नै घरमा सुतिरहेको अवस्थामा बालकलाई विषालु सर्पले डसेको प्रहरीले जनाएको छ।

विज्ञापन (Advertisement)Advertisement

डसेपछि परिवारले तत्कालै अनीशलाई चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा पुर्‍याएका थिए।

त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि उनलाई बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएको थियो।

तर अस्पताल पुगेलगत्तै चिकित्सकले जाँच गर्दा अनीशको मृत्यु भइसकेको पुष्टि गरिएको थियो।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)