हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

 टंक आङबोहाङले छाडे प्रचण्ड–नेपाल समूह

विराटनगर, २३ फागुन । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्तावकमध्येका अगुवा प्रदेश सांसद् टंक आङबोहाङले प्रचण्ड नेपाल समूह छाडेका छन् ।

Advertisement

ताप्लेजुङ जिल्लाबाट प्रतिनिधित्व गर्ने उनी प्रदेश–१ नेकपा संसदीय दलका उपनेता हुन् । गत पुस १२ गते दर्ता भएको अविश्वास प्रस्तावमा ३७ जनाले हस्ताक्षर गरेका थिए ।

Advertisement

उनी साविकको माओबादीबाट निर्वाचित भएका थिए । उनले नेकपाको ओली समूहमा लागेको घोषणा गर्न भने बाँकी छ ।उनी प्रचण्ड नेपाल समूहको केन्द्रीय सदस्य समेत हुन् ।प्रचण्ड–नेपाल समूहसँग आफ्नो असहमतिी रहेको उनले बताउने गरेका छन् ।आफू पार्टी एकताको पक्षमा रहेको उनले बताएका छन् ।

प्रदेश–१ का मुख्यमन्त्री राईविरुद्ध प्रदेश सभा सचिवालयमा अढाइ महिनाअघि अविश्वासको प्रस्ताव दर्ता गराउन प्रमुख भूमिका आङबोहाङले खेलेका थिए ।उनकै अध्यक्षतामा बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री राईलाई नेकपा प्रदेश संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको थियो ।

त्यसको केही समयपछि भने उपनेता आङबोहाङ प्रचण्ड–नेपाल समूहका सार्वजनिक कार्यक्रममा देखिन छोडेका थिए ।‘सौतेनीको रिसले श्रीमानको काख भिजाउने काम प्रचण्ड र माधव कामरेडले गर्नु भयो,’ आङबोहाङले भने, ‘एउटा कम्यूनिस्ट प्रधानमन्त्रीलाई फ्याकेर कांग्रेसका नेता शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउने कुरा हुन सक्दैन ।’

‘पार्टी फुट्यो भने ओली र शेरबहादुरमध्ये एकलाई रोज्नुपर्ने हुन्छ,’ उनले भनेका छन्–‘त्यसबेला म ओली नै रोज्छु ।’गएको पुस १२ गते प्रदेश सभा सचिवालयमा दर्ता भएको मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्तावमा नेकपाका ६७ मध्ये ३७ सांसदले हस्ताक्षर गरेका थिए । प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये आङबोहाङसहित ६ जना दाहाल–नेपाल समूह छोडेर ओली समूहतिर लागेका छन् ।

अविश्वासको प्रस्ताव दर्ता गर्न अघि राजीनामा गरेकी सामाजिक विकासराज्यमन्त्री जसमाया गजमेरले केही दिनपछि हस्ताक्षर फिर्ता लिदै ओली समूहमै फर्किएकी थिइन् । उनीसँगै हस्ताक्षर गर्ने मध्येका झापाका श्रीप्रसाद मौनाली र गोपाल बुढाथोकी, उदयपुरकी कला घले, खोटाङकी उषाकला राई र मोरङकी बसन्तीदेवी यादव पनि दाहाल–नेपाल समूह छोडेर ओली समूहतिर आएका छन् ।

गणितीय रूपमा प्रदेश सरकार ढाल्न वा जोगाउन ४७ जना सांसद् आवश्यक पर्छ । नेकपाका दुवै समूहले त्यो संख्या पु¥याउन सक्ने अवस्था छैन । यो प्रदेशमा कांग्रेसको सहयोग दुवै समूहलाई आवश्यक पर्छ ।

स्रोत: इकागज अनलाइन

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)