हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

ट्रम्पलाई श्वास फेर्न गाह्रो भयो,कोरोना लागेको २४ घण्टापछि !

कोरोना संक्रमणका कारण यतिबेला विश्व् नै थलिएका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि कोरोना संक्रमणको पुष्टि भयो । आँफु र पत्नि मलानियालाई कोरोना लागेको ट्रम्प आँफैले ट्विट मार्फत जानकारी दिए ।

Advertisement

अमेरिकामा कोरोनाको महामारी चलिरहँदा माक्स लगाउनेहरुलाई सुरु सुरुमा त मुर्ख भन्न पछि नपरेका ट्रम्प आँफै संक्रमित भएपछि उनको उमेरका कारण खतरा भएको भन्दै कोरोना संक्रमण पुष्टि भएको २४ घण्टाभित्र उनलाई ह्वाइट हाउसबाट वाल्टर रिड नेसनल मेडिकल सेन्टर भर्ना गरिएको छ।

Advertisement

बीबीसीका अनुसार ट्रम्पलाई थकान महसुस हुन, श्वास प्रश्वासमा समस्या देखिनुका साथै (कोभिड१९) का लक्षण पनि देखिएका छन्। ह्वाइट हाउसका अनुसार उनलाई अस्पताल भर्ना गरेर थप उपचार सुरु गरिएको छ ।

अमेरिकामा करिब १ महिनापछि हुने नयाँ राष्ट्रपति चयनको समयमा संक्रमण पुष्टि भएसँगै निर्वाचन प्रचार प्रसार के होला भन्ने चिन्ताले उनलाई सताएको छ । राष्ट्रपतिको निर्वाचनमा ट्रम्पलाई डेमोक्रेटिक पार्टीका नेता जो बाइडेनले चुनौती दिँदैछन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)