हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

ट्रम्पले दिए किमलाई जन्मदिनको शुभकामना

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई जन्मदिनको शुभकामना दिएका छन् । ट्रम्पले पठाएको शुभकामना सन्देश किमले प्राप्त गरेको उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले जनाएको छ ।

Advertisement

‘अमेरिकी राष्ट्रपति ट्रम्पबाट नेता किमका लागि पठाएको जन्मदिनको शुभकामना प्राप्त भएको छ,’ केसिएनएले उल्लेख गरेको छ । नेता किमको जन्मदिन गएको बुधबार अर्थात जनवरी ८ मा थियो । ट्रम्पले सोही अवसर पारेर शुभकामना पठाएका हुन् ।

Advertisement

ट्रम्पको शुभकामना स्वागत गर्दै उत्तर कोरियाले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘दुई नेताबिच राम्रो सम्बन्ध छ तर यसकै आधारमा अमेरिकाले वार्ताको पुनः सुरुवात हुने अपेक्षा गर्नु गलत हुनेछ ।’

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)