हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १२ महिना अगाडि

ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु

फुङलिङ, ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–११ फावाखोलाको बनपाला सडक खण्डमा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।

Advertisement

दुर्घटनामा परी स्थानीय ३० वर्षीया भावना विकको ज्यान गएको हो। सदरमुकाम फुङलिङबाट सिरिजङ्गा गाउँपालिकाको भन्ज्याङतर्फ जात्रामा जाँदै गरेको बोलेरो जिप आइतबार बिहान करिब ९ बजे दुर्घटनामा परेको वडाध्यक्ष युवराज भट्टराईले जानकारी दिएका छन्। उनका अनुसार बोलेरोको ब्रेक फेल भएर सवारी साधन सडकबाट करिब ८० मिटर तल खसेको थियो।

Advertisement

गम्भीर घाइते भएकी विकलाई तत्कालै उपचारका लागि जिल्ला अस्पताल लगिँदै गर्दा बाटोमै मृत्यु भएको वडाध्यक्ष भट्टराईले बताए। दुर्घटनाग्रस्त बोलेरोमा विक र चालक मात्र रहेको बताइएको छ। चालक सामान्य घाइते भएका छन् र उनलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको छ।

यता, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले घटनास्थलमा प्रहरी टोली पठाइसकेको प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)