समाचार
हल्दिबारी संवाददाता ५ महिना अगाडि

तेस्रो हरि कुमार प्रसाई स्मृति जिल्ला स्तरीय अन्तरविद्यालय १३ वर्षमुनि नकआउट फुटबल प्रतियोगिता सुरु

बिर्तामोड, झापा । एभरेष्ट स्मार्ट एजुकेसनले आयोजना गरेको तेस्रो हरि कुमार प्रसाई स्मृति जिल्ला स्तरीय अन्तरविद्यालय १३ वर्षमुनि नकआउट फुटबल प्रतियोगिता–२०८२ भव्यतापूर्वक आजबाट सुरु भएको छ।

प्रतियोगिता बुट्टाबारी–६, बिर्तामोडस्थित एभरेष्ट स्पोर्ट्स एकेडेमीमा आयोजना गरिएको छ, जहाँ विभिन्न विद्यालयका १३ वर्षमुनिका खेलाडीहरूले सहभागिता जनाएका छन्।

विज्ञापन (Advertisement)Advertisement

प्रतियोगिताको उद्घाटन बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईले गर्नुभएको थियो। स्वागत मन्तव्य विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं प्रबन्ध निर्देशक आशिष प्रसाईले गर्नुभएको थियो।

उक्त अवसरमा झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष गजेन्द्र पौडेल, विर्तामोड नगरपालिका शिक्षा शाखा प्रमुख तुलाचन भण्डारी, बालकल्याण माविका संस्थापक राम सिटौला, प्याब्सन वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठक, वडाअध्यक्ष सूर्य प्रसाद कन्दङ्वा, झापा जिल्ला खेलकुद समिति अध्यक्ष प्रसान्त भण्डारी लगायतले स्वर्गीय शिक्षाविद् हरि कुमार प्रसाईको योगदान र समाजप्रति उहाँको शिक्षाप्रतिको समर्पणको प्रशंसा गर्नुभएको थियो ।

प्रतियोगितामा विशेष अवसरमा बाह्रदशीका नुतन राजवंशी र भद्रपुरका आरोहण धमलालाई ३५–३५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको थियो। दुवै बालक क्यान्सर पीडित रहेका कारण विद्यालयका विद्यार्थीहरूले संकलन गरेको रकम उनीहरूको परिवारलाई हस्तान्तरण गरिएको छ।

आयोजकका अनुसार प्रतियोगिताले ‘मैत्री, सम्मान र एकताका लागि फुटबल’ भन्ने मूल भावनालाई उजागर गरेको छ। साथै, १३ वर्षमुनिका खेलाडीहरूको प्रतिभा प्रदर्शनको अवसर उपलब्ध गराउँदै खेलकुद विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। प्रतियोगितामा झापाका २० वटा विद्यालयले भाग लिएको आयोजक ले जनाएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)