हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

दमक सुकुम्बासी घटना बारे नेपाल कम्युनिस्ट पार्टीको विज्ञपति

हाम्रो जनप्रीय पार्टी नेपाल कम्युनिस्ट पार्टीले बिगत देखी नै दलाल पुजीवादी संसदीय व्यवस्थाको विरुद्धमा संघर्ष गरिरहेको कुरा आम जनसमुदायमा जगजाहेर नै छ।
यसै सन्दर्भमा हाम्रो पार्टीको घोषीत कार्यक्रम अनुसार पार्टीका नेता कार्यकर्ताहरु जनताको माझमा गएर दलाल ,भ्रष्टचारी र माफियाहरुको हातमा रहेको दलाल सरकारको भण्डाफोर गर्दै जनतामा सचेतना कार्यक्रम लिएर जाँदै गर्दा असोज १ गते दमक नगरपालिका वार्ड न: ५ स्थित जल देवि टोलमा रहेका सुकुम्बासीहरु संग छलफल गर्दै गर्दा नेकपा एमाले निकट बताउने नेता अम्बिका खनाल र सोही वार्डको वडाध्यक्ष इन्द्र गुरुङ्गले अराजनीतिक ढंगबाट गुन्डागर्दी शैलीमा पार्टीको कार्यक्रमलाई हस्तक्षेप  गरेको प्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।
हाम्रो पार्टी के स्पष्ट पार्छ भने यदि जनताको हित बिपरित कसैले पनि भ्रम सृजना गर्न खोज्छ र पार्टीको नीति कार्यक्रममा हस्तक्षेप गर्छ भने त्यसको प्रतिरोध गर्न पनि तयार रहेको कुरा अवगत गराउदछौँ ।
उक्त अराजनीतिक घटनामा संलग्न ब्याक्तीहरु जनताको स्तरबाट प्रतिरोध पछि धाक धम्की दिदै भागेकोले आउने दिनहरूमा हाम्रो पार्टीका नेताकार्यकर्ता र जनतामाथी हुने संभावित दुर्घटना हुन आएमा स्वयम संलग्न ब्याक्तीहरु नै जिम्मेवारि हुने कुराको अवगत गराउदै आगामी दिनमा यस्ता गलत अराजनीतिक कार्य नगर्न चेतावनी दिइन्छ ।
यदि उक्त कार्यलाई निरंतरता दिएमा पार्टीले त्यसको सशक्त प्रतिरोध गर्ने कुराको यसै विज्ञप्ति मार्फत सुचित गरिन्छ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)