समाचार
हल्दिबारी संवाददाता ३ महिना अगाडि

दमकको सामुदायिक वनमा पुरुष मृत फेला

झापा, २३ चैत । झापाको दमक नगरपालिका–३ स्थित हम्से दुम्से सामुदायिक वनमा ५४ वर्षीय तुलबहादुर बिष्ट मृत फेला परेका छन्।

दमक–३ बेलडाँगी शिविर सेक्टर नं. सी २, हट नं. २०४ का बिष्ट बिहीबार घर नजिकैको सामुदायिक वनमा बाख्राको घाँस काट्न हिँडेका थिए। घर फर्किएन भन्ने जानकारी पाएपछि उनका आफन्त र छरछिमेकीले खोजतलास गरेका थिए र बिहान उनलाई मृत अवस्थामा फेला पारेका हुन्।

विज्ञापन (Advertisement)Advertisement

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, शव पोष्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ। प्रारम्भिक अनुमान अनुसार, घटनास्थलको अवस्था हेर्दा जंगली हात्तीले आक्रमण गरेको हुनसक्ने आशंका गरिएको छ। विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)