हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ११ महिना अगाडि

दमकमा कपडा लोड मिनी ट्रकमा भीषण आगलागी, ३६ लाख क्षति

झापा, साउन २७ । झापाको दमक नगरपालिका–३ बेलडाँगीमा पार्किङ गरिएको रेडिमेड कपडा लोड मिनी ट्रकमा गएराति भीषण आगलागी हुँदा ठूलो आर्थिक क्षति भएको छ।

Advertisement

प्रहरीका अनुसार राति करिब १२:४५ बजे महेन्द्र तामाङको घर अगाडि सडक छेउमा राखिएको ना ७ ख ८६९१ नम्बरको मिनी ट्रकमा अज्ञात कारणले आगलागी भएको हो। ट्रकमा विभिन्न ७/८ जना व्यापारीका कपडा लोड थिए।

Advertisement

स्थानिय बासी, प्रहरी टोली र दमक नगरपालिकाको दमकलको सहयोगमा आगो राति १:४० बजे पूर्ण नियन्त्रणमा ल्याइएको थियो।

आगलागीबाट कपडामा मात्रै करिब ३० लाख र ट्रकमा करिब ६ लाख रुपियाँको क्षति भई जम्मा ३६ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। मानविय वा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ।

थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)