दमक, झापा । झापामा लागु औषध कारोबार गर्ने क्रममा दुई जना पक्राउ परेका छन्।
, बुधबार दिउँसो दिनको १४:३० बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलिले दमक नगरपालिका–०१ स्थित RQ होटलमा विशेष निगरानी राख्दा, तेश्रो तलाको ४ नं. कोठामा बसेका राम कुमार गौतम (२५) र ललिता धिमाल (३०)लाई नियन्त्रणमा लिएको हो।
विज्ञापन (Advertisement)

प्रहरीले उनीहरुको शरिर र कोठा खोतल्दा खैरो हेरोईन जस्तो लागु औषध फेला परेको जनाएको छ। प्रारम्भिक जाँच अनुसार डिजिटल तराजुमा नापतौल गर्दा प्लाष्टिक सहित १३ ग्राम ६४० मिलिग्राम र प्लाष्टिक बाहेक ८ ग्राम हेरोईन भेटिएको छ। साथै राम कुमार गौतमको साथमा नेपाली रु २८,००० पनि बरामद गरिएको छ।

उक्त व्यक्तिहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।