हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

दिल्लीमा अनियन्त्रित हुँदै कोरोना

पछिल्लो ४ सातादेखि भारतमा कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ । अहिले दिल्ली कोरोनाको हटस्पट बनेको छ । अप्रिल २५ देखि मे १ सम्ममा देशमा २२ हजारभन्दा बढी नयाँ बिरामी फेला परेका छन् । यो पहिलो हप्तामा भेटिएका १५ हजार केस भन्दा ४१ प्रतिशत बढी हो।

Advertisement

प्राप्त भएका संक्रमितको संख्या मध्ये दिल्लीका हरियाणा र यूपीमा मात्र ६८ प्रतिशत हुन् । दिल्लीमा संक्रमित दर ७५ भन्दा माथि छ। अर्थात् डब्ल्यूएचओको नजरमा यहाँको सङ्क्रमण अनियन्त्रित छ ।

Advertisement

देशका थप दुई राज्य राजस्थान र मध्य प्रदेशमा कोरोना संक्रमितको संख्या तिव्र गतिमा बढिरहेको छ । गत हप्ताको तुलनामा राजस्थानमा १५५५ र मध्यप्रदेशमा १३२५ ले कोरोना केस बढेको छ, जसले नयाँ खतराको सङ्केत गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)