हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

युएईका अधिराजकुमार जुमा नेपालको होचो भुभाग कचनकवल जादै

हल्दिबारी । नेपाल भ्रमणमा रहेका युएई(सयुक्त अरब इमिरेट्स )का अधिराजकुमार जुमा अल मोक्तुम  बिएण्सि अस्पतालका कार्यकारी निर्देशक  तथा ब्यवसायी दुर्गा प्रसाईको निमन्त्रणामा आज झापा आईपुगेका छ्न ।

Advertisement

Advertisement

श्री एरलाइन्स्को चार्टर विमान मार्फत चन्द्रगढी बिमान स्थाल झापा ओर्लेका अधिराजकुमारले बिमान स्थालमा स्वागत गर्न पुगेका प्रसाईलाई सुनको लैरो उपहार स्वरुप प्रदान गरेका थिए  । अधिराजकुमारको  झापामा दुई दिन भ्रमण गर्ने कार्यतालिका रहेको छ ।

यसै क्रममा बि एण्ड सी तथा पुर्वाञ्चल क्यानसर अस्पतालको अवलोकनका साथै पेट सिटि स्क्यान मेसीनको समेत उद्दघाटन गर्ने छन् ।

त्यस्तै नेपालको होचो भुभागमा रहेको कचनकवल गाउँपालिकामा समेत अधिराजकुमारले मुस्लिम बालबालिका अध्यन गर्ने अती सम्पन्न मदर्साको सिलान्यास समेत गर्ने कार्यक्रम रहेको अस्पताल श्रोतले जानकारी दिएको छ l 

दुर्गा प्रसाईको निमन्त्रणामा आएका अधिराजकुमारले झापासँगै काठमाण्डौं र पोखराको पनि भ्रमण गर्ने कार्यतालिका रहेको कुरा बि एण्ड सी अस्पतालले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)