हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्छ – महामन्त्री शर्मा

विजय थापा । नेपाली कांग्रेसका महामन्त्रि बिश्व प्रकाश शर्माले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्छ भन्ने कुरामा जोड दिए । उनले अमेरिकाको नर्थ क्यारोलाइनामा भै रहेको एनआरएनए ज्ञान सम्मेलन तथा ११ औ साधारण सभाको उदघाटन कार्यक्रम मन्तब्य राख्दै शुभकामना सहित उक्त भनाई राखेका हुन् ।

Advertisement

उनले मन्तब्यकै क्रममा नेपाल बाहिर र गैर आवसीय नेपालीहरुले चाहना गरेको गैर आवासीय नेपाली नागरिकता तथा मताधिकारको बारेमा चर्चा गर्दै यो कहाँ निर अल्मलिएको छ । नेपाली कांग्रेसले यस बिषयमा आफ्ना धारणा पटक पटक दिएको र वक्ताहरुले यस बिषयमा भएका पछिल्ला गतिबिधिहरुको बारेमा बताई सकेको प्रसंगलाई उनले जोड्ने जोए ।

Advertisement

नेपाली कांग्रेसले यस बिषयमा स्पष्ट धारणा रहेको र हामीले गैर आवासीय नेपाली नागरिकता हामी दलले दिने र नदिने भन्दा पनि नेपालको संबिधानले दिई सकेको बताए ।मन्तब्यकै क्रममा हामी द्वय स्वयम र गगन थापाले प्रधान मन्त्रिलाई केही समय अगाडी नागरिकता र मताधिकार सम्बन्धि स्पष्ट कुरा राखी सकेको उनले बताए । यसलाई सम्बोधन गर्नु पर्छ भनेर प्रधान मन्त्रिलाई अवगत गराएका छौ ,उनले भने ।

उनले नेपालको समग्र समुन्नतिको लागि नेपाललाई गासेर कसरी जाने भन्ने बिषयमा हामीले बोली सकेका र नेपाल बाहिर रहेको नेपाली समुदायलाई जोड्नु पर्ने बताए । उनले थुप्रै बिषयमा आफ्ना कुराहरु राखेका थिए ।
नेपाल बाहिर रहेको भावनाको नेपाललाई कसरी नेपालसंग जोड्ने बिषयमा साझा राष्ट्रिय बिषय बन्नु पर्ने बताए । उनले पछिल्ला दुई अगाडी देश द्वन्दमा फसेको र त्यसले आर्थिक उन्नतिमा असर पारेको र नेपालको ब्यापार घाटा साथै बिद्युत बेचेर नेपालले केही आर्थिक लाभ समेत गरेको बारेमा चर्चा गरे । उनले विदेशमा बसोबास गर्ने नेपालीहरुले जलबिधयुत ,अस्पताल लगायतमा लगानी गरेको भन्दै प्रशंसा गरे । उनले स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बालेन शाहको बिषयमा पनि प्रवेश गर्दै राजनैतिक दलहरुले रहेका भोट बैंक सम्बन्धि अवधारणाबाट दलले सोच्नु पर्ने बताए ।

अर्थात् हाम्रा यो गाउँमा र यो क्षेत्रमा हामीसंग यति मत छन् भनेर गणना गर्न भन्दा अब यस बिषयमा धारणा परिवर्तन जरुरी भएको बताए ।उनले ज्ञान सम्मेलन मार्फत नेपालको सम्वृद्धि र समग्र नेपालको उन्नति र बिकाशमा काम गरोस भनि आह्वान गरे । आफूलाई नेपालबाट बोलाई केही कुराहरु राख्न दिएकोमा आयोजकलाई शुभकामना सहित धन्यबाद दिए ।अमेरिकाको ¥याले शहर स्थित मेरिएट सिटी सेन्टर, नर्थ क्यारोलिनामा जुलाई ३–४ का दिन हुने गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाले आयोजना गरेको ११औँ वार्षिक साधारणसभा तथा ज्ञान सम्मलेनको लागि महामन्त्री शर्मा आएका हुन ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)