हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

धितोपत्र बजार स् नेप्सेमा उछाल, सात अर्ब कारोवार

काठमाडौँ, ७ पुस : सत्तारुढ दलभित्र देखिएको विवादले धितोपत्र बजारलाई खासै प्रभाव पार्न सकेको छैन । आइतबार एक्कासि प्रतिनिधिसभाको विघटनको घोषणा भए पनि लडखडाएको धितोपत्र बजारमा शेयर कारोवार मापन गर्ने नेप्से परिसूचक झण्डै ९७ अङ्कले ओरालो लागेको थियो ।

Advertisement

यस्तै, सोमबार भने बजार सम्हालिएको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ९५.४६ बिन्दुले उकालो लागेर २०६१.४१ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक समेत १५.१८ बिन्दुले उकालो लागेर ३९१.७४ मा पुगेको छ । कूल २०५ कम्पनीको एक करोड २७ लाख १७ हजार १४६ कित्ता शेयर रु छ अर्ब ७४ करोड सात लाख ४४ हजार ४३२ मूल्यमा खरिद बिक्री भए ।

Advertisement

कारोवार भएका १२ वटा समूहको नै शेयर उकालो लागेको छ । त्यसमा बैंकिङ ७०.९, व्यापार ७७।४८, होटल २०.५६, विकास बैंक ६६.१७, जलविद्युत् ८०.६८, वित्त २५.८, निर्जीवन बीमा ५२७.७७, उत्पादन ११३.०८, अन्य ७८..८, लघुवित्त १०७.०५, जीवन बीमा ९५०.९५ र सामूहिक लगानी कोष ०.०८ ले उकालो लागेको छ ।

कारोवारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ८६ करोड ३६ लाख ८२ हजार ७७५ बराबरको कारोवार भयो । यस्तै एनआइसी एशिया बैंक रु ४६ करोड ८१ लाख ३४ हजार १७२, प्रभु बैंक रु ३२ करोड एक लाख १४ हजार ६१३, एनसिसी बैंक रु २७ करोड ३१ लाख ७१ हजार ८०९, नेपाल पुनरबीमा कम्पनी रु २४ करोड ५८ लाख २६ हजार बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

यस्तै, शिखर इन्स्योरेन्स १०, नबील बैंक ९.९९, नेपाल लाइफ इन्स्योरेन्स ९.९६ साञ्जेन जलविद्युत् कम्पनी ९.९६, एनआइसी एशिया बैंकका लगानीकर्ताले ९.९१ प्रतिशतले कमाए । त्यस्तै, नारायणी डेभलपमेन्ट बैंक ९.९२, युनाइटेड इदी मर्दी ९.९०, सनराइज फ्रस्ट म्युचुअल फण्ड ५.१९, श्री इन्भेस्टमेन्ट १.९८ र माउण्टेन इनर्जीका लगानीकर्ताले १.८१ प्रतिशतले गुमाए । रासस

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)