हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ११ महिना अगाडि

नवलपरासीमा स्वयंसेवी रक्तदाता समाजको जिल्ला समिति गठन

नवलपरासी । नेपाल स्वयंसेवी रक्तदाता समाज, नवलपरासी बर्दघाट सुस्ता पश्चिमको जिल्ला शाखा गठन गरिएको छ। उद्योग वाणिज्य संघ नवलपरासीको सभाकक्षमा आयोजित भेलाबाट मोहन पौडेलको अध्यक्षतामा नयाँ समिति चयन गरिएको हो।

Advertisement

समाजका केन्द्रीय अध्यक्ष तथा शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी नवलपरासी बर्दघाट सुस्ता पश्चिमद्वारा सञ्चालित रक्त सञ्चार सेवाका प्रमुख सुरज केसी सभाध्यक्ष रहेका थिए।

Advertisement

कार्यक्रममा नेरेसाे जिल्ला सभापति राजेन्द्र अग्रहरी, पूर्व उपप्रमुख रम्भा कुँवर, मदन भण्डारी फाउन्डेसनका अध्यक्ष श्याम बस्याल, ओमप्रकाश अग्रहरीलगायतको उपस्थिति रहेको थियो।

समितिको उपाध्यक्षमा प्रभा ज्ञवाली, सचिवमा पुष्पा थिङ (तामाङ), कोषाध्यक्षमा बालकृष्ण भण्डारी र सदस्यमा दामोदर देवकोटा, सीता कुँवर, डिल्लीराम काफ्ले, प्रकाश खनाल र गुड्डु गुप्ता चयन भएका छन्।

कार्यक्रममा प्रमुख अतिथि कर्माचार्यले नवगठित समितिलाई संस्थाको लोगो अंकित बायज हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए।

समितिका सल्लाहकारहरूमा राजेन्द्र अग्रहरी, श्याम बस्याल, रम्भा कुँवर, सुरज केसी, राजेश गुप्ता, राधेश्याम सिंह सैथवाल, सुशान्त घिमिरे, अर्जुन क्षेत्री, भरत क्षेत्री र बीरेन्द्र यादव रहेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)