हल्दिबारी न्यूज डेक्स बिर्तामोड ,भाद्र ६ /नेपाली नागरिक पार्टी मोरंग जिल्ला अन्तर्गत जिल्ला र विराटनगर महानगरपालिका स्तरीय संयुक्त बैठक सम्पन्न भएकों छ
।
बैठक पार्टी मोरंग जिल्ला संयोजक प्रकाश नारायण चौधरीको अध्यक्षतामा र पार्टी केन्द्रिय अध्यक्ष रामचन्द्र बानियां क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।उक्त बैठकमा पार्टी केन्द्रिय सदस्य बिनोद यादब (सप्तरी),कोशी व्यूरो इन्चार्ज राज कुमार गिरी (धनकुटा),मोरंग जिल्ला इन्चार्ज बीरेन्द्र ढूंगेलको मुख्य उपस्थिति रहेको थियो ।
बिराटनगर स्थित दिब्य रत्न होटलमा सम्पन्न भएको उक्त संयुक्त बैठकको उद्घाटन गर्दै केन्द्रिय अध्यक्ष क्षेत्रीले देशमा बढदो राजनीतिक हस्तक्षेप र बिदेशी चलखेलका कारण देश बिघठनको बाटोतिर अघि बढेको छ। बिध्यमान समस्याहरुको समाधान संबिधान संशोधन सभा मार्फत राजनीतिक समस्याहरुको समाधान गर्न र देशका बहुसंख्यक आम नागरिकले उठाउदै आएको” सनातन हिन्दूराष्ट्र नेपालको स्थापना’का लागि सडक र राजनीतिक मोर्चाको संघर्षबाट टुंग्याउन नागरिक तप्का प्रतिबध्द भएर अघि बढनु पर्ने कुरामा जोड दिएका थिए ।
आगामी ६ महिने पार्टी-संगठन सुदृढ़ीकरण,बिस्तार तथा ‘सनातन हिन्दूराष्ट्र नेपाल निर्माण अभियान’ संचालन गर्ने निर्णयका साथ सम्पन्न भएकों उक्त संयुक्त बैठक व्दारा राष्ट्रियता,बैकल्पिक लोकतन्त्र र नागरिक प्रतिको। उत्तरदायित्वका पक्षमा सबैलाई सचेत गराउदै मूल्यवृद्धि, भ्रष्टाचार, कालाबजारी, माफिया लगायत देशी-बिदेशी चलखेलको अन्त्य,राष्ट्रघात र दलालीकरणको विरुद्ध नागरिक सहभागिताममा संघर्ष तथा नागरिक दबाबमूलक कार्यक्रम गर्दै सनातन हिन्दूराष्ट्र नेपालको पक्षमा आम नागरिकलाई सुसूचित र संगठित गर्ने बैठकले निर्णय गरेको छ ।
सम्पन्न संयुक्त बैठकले परमेश्वर कामती अध्यक्ष रहैको पार्टी मोरंग जिल्ला समिमि २१सदस्यीय गठन गरेको छ ।जिल्ला समितिको उपाध्यक्ष नन्दलाल झा, सचिव शौरभ देब,उप सचिव पिंकी यादब, सह सचिव महेन्द्र मिश्र र कोषाध्यक्ष मा राम पोखरेल चयन भएका छन ।त्यसै गरी पार्टी विराटनगर महानगरपालिका स्तरीय समितिको अध्यक्षमा संजय गोइत, उपाध्यक्ष मेघराज पोखरेल, सचिव राजु घिमिरे,उप सचिव आशिष त्रिताल,सह सचिव मनिषा रजक र कोषाध्यक्ष आशिष पोखरेललाई बैठकले मनोनयन गरेको छ। पार्टी मोरंग जिल्ला समिति ३१सदस्यीय र विराटनगर महानगरपालिका समिति १९ सदस्यीयु गठन गरेको छ ।-कमला भट्टराई