हल्दिबारी न्यूज डेक्स : बिर्तामोड असोज १ /रामचन्द्र छेत्री नेतृत्वशको नेपाली नागरिक पार्टीले नेपालमा संबिधान जारी भएको दिन असोज ३ लाई कालो दिनको रुपमा स्णरण गर्ने निर्णय गरेको छ ।
पार्टीका राष्ट्रिय प्रबक्ता देवेन्द्र किशोर ढुंगाना ले शुक्रवार प्रेस विज्ञप्ति जारी गरी देशमा रहेका सनातन हिन्दु बाहुल्य समुदाय लगायतका धार्मिक आस्जा र भावना माथी आघात पुग्ने काम गरेको र हिजोसम्म बिश्वमा एकमात्र हिन्दुराष्ट्रको रुपमा परिचित नेपाल अधिराज्य माथी आघात पुरयाउने काम केही कथित नेताहरुले गरेकोमा बाहुल्य सनातन हिन्दू समुदायको धार्मिक पहिचानलाई सुरक्षित गर्न संबिधान संशोधन मार्फत सनातन हिन्दूराष्ट्र नेपाल घोषणा गर्न जोडदार मांग गरेको बिज्ञप्तिमा भनेको छ ।
उनले सम्पूर्ण सनातन हिन्दू समुदायको बिरुध्द बर्तमान संबिधान जारी गरेकमा असोज ३गतेलाई नेपाली नागरिक पार्टी ले कालो दिनको रुपमा स्णरण गर्ने निर्णय गरेको उल्लेख छ।
बिज्ञप्तिमा भनेको छ-सत्ता पक्ष आफ्नो शासन धार्मिक र सांस्कृतिक रुपमा रुपान्तरित गर्ने क्रुर शैलीबाट निरन्तर अगाडी बढेको र नागरिक बिरोधी संबिधान निर्माण गरेकोले यसको कडा शब्दमा बिरोध गर्दै असोज ३गते कालो दिनको स्मरण गरेर धिम्न कार्यक्रम गर्ने निर्णय गरेको छ ।
असोज ३ गतेको चोषित कार्यक्रम :
१)संबिधानको बिरोध सहित संबिधान संशोधन मार्फत सनातन हिन्दूराष्ट्र नेपालको घोषणाको मांग
२)असोज ३गते सांझ ७-७.१५ बजेसम्म ब्ल्याक आउट गर्ने
३)आ-आफ्नो घरणा कालों झण्डा प्रदर्शन गर्ने ।-कमला भट्टराई

