हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नारायणकाजी राष्ट्रिय सभा सदस्यमा निर्वाचित

काठमाडौं । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा उनी विजयी भएका हुन् ।

Advertisement

गण्डकी प्रदेशबाट उम्मेदवारी दिएका श्रेष्ठले आफ्ना प्रतिद्वन्द्वी सूर्य प्रसाद रेग्मीलाई १२१८ मतले पछि पार्दै विजयी भएका हुन् ।श्रेष्ठले ३४६२ मत पाउँदा रेग्मीले २२४४ मत मात्रै पाएका छन् ।

Advertisement

बिहीबार १८ सिटका लागि राष्ट्रिय सभाको निर्वाचनको मतदान भएको छ । प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष राष्ट्रियसभा निर्वाचनका मतदाता थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)