हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेकपा एमाले द्वारा नेपाल र रावललाई ६ महिना निलम्बन

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेका छन् ।

Advertisement

सोमबार पत्र पठाउँदै अध्यक्ष ओलीले नेता नेपाल र रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेका हुन् । उनीहरुलाई पार्टी विधान २०४९ को धारा ४९ ख अनुसार पार्टीका सबै जिम्मेवारीहरू तथा पार्टी सदस्यताबाटै ६ महिनाका लागि निलम्बन गरिएको हो ।

Advertisement

यसअघि एमालेले नेता नेपाल, रावलसहित सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टी विधान विपरित गतिविधि गरेको भन्दै स्पष्टिकरण सोधेको थियो ।
सो स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको भन्दै अध्यक्ष ओलीले नेताहरूमाथि कारवाही गरेका हुन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)