हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

नेकपा एमाले सँगको सम्बन्ध तोडेर हल्दिबारीका सुमन अखिल क्रान्तिकारीमा प्रवेश

अभिषेक खतिवडा/ २५ फाल्गुन । हल्दिबारी गाउँपालिका वडा नं-२ का युवा सुमन महत अखिल (क्रान्तिकारी) मा प्रवेश गरेका छन।

Advertisement

अखिल (क्रान्तिकारी) मेची क्याम्पस इकाइ कमिटिले सम्पर्क कार्यालय मार्फत आज आइतबार एक कार्यक्रम आयोजना गरेर महतलाई सङ्गठनमा स्वागत गरेको हो।

Advertisement

कार्यक्रममा प्रदेश सदस्य ३ नम्बर क्षेत्र इन्चार्ज हिकमत घिमिरे, नेकपा माओवादी केन्द्रीय सदस्य झापा इन्चार्ज पुर्व अखिल क्रान्तिकारी केन्द्रीय अध्यक्ष रन्जित तामाङ्, माओवादी केन्द्रका झापा अध्यक्ष राजु आचार्य (अग्नी),नेकपा माओवादी केन्द्र झापा जिल्ला सदस्य सस्वता चमलागाई लगायत विद्यार्थी नेताहरुले महतलाई प्रवेश गराएका थिए।

चैत ५ गते हुने स्ववियु निर्वाचनका लागी एमाले सगँको सम्बन्ध तोडेर प्रवेश गरेका महतको निर्णयले सङ्गठनलाई सकारात्मक टेवा पुग्ने क्रान्तिकारी विद्यार्थी नेताहरुले जानकारी दिएका छन।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)