हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ११ महिना अगाडि

नेकपा एमाले हल्दीबारी कमिटीले बिधान महाधिवेशन केन्द्रित लिखित सुझाव संकलन गर्ने

झापा, हल्दीबारी । नेकपा (एमाले) हल्दीबारी गाउँपालिका कमिटीले पार्टीको आसन्न बिधान महाधिवेशनलाई लक्षित गर्दै लिखित सुझाव संकलन गर्ने भएको छ। आइतबार पालिका कमिटी कार्यालयमा सम्पन्न बैठकले ८ बुँदे प्रश्नावली तयार गरी घरदैलो अभियानमार्फत सुझाव संकलन गर्ने निर्णय गरेको हो।

Advertisement

बैठक कमिटी अध्यक्ष त्रिलोचन सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा झापा इञ्चार्ज रोमनाथ ओली प्रमुख अतिथि रहनुभएको थियो भने प्रदेश कमिटी सचिवालय सदस्य एवं पालिका इञ्चार्ज सोमनाथ पोर्तेल, सन्तलाल मेचे, मोहनचन्द्र रेग्मीलगायत नेताहरूको सहभागिता रहेको थियो।

Advertisement

प्रमुख अतिथि ओलीले पार्टी नेतृत्व उमेरका आधारमा होइन, कार्यकर्ताको क्रियाशीलता र योगदानका आधारमा निर्माण हुने बताएका छन्। उहाँले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई अब राजनीतिक भूमिकामा सक्रिय नभई सम्मानित हैसियतमा रहने गरी पार्टीले निर्णय गरेको जानकारी दिनुभयो।

बैठकले आगामी भदौ २७ र २८ गते प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, अनेमसंघको व्यवस्थापनमा पाँचै वडामा तिज विशेष कार्यक्रम आयोजना गर्ने, साथै पालिका सभादलका नेता विष्णुप्रसाद ओली, पूर्व जनप्रतिनिधि केदार उप्रेती र भीमनारायण ढकाललाई पालिका कमिटी सचिवालय सदस्यमा मनोनयन गर्ने निर्णयसमेत गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)