हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

प्रचण्डले नेकपालाई कमजोर बनाउने खेल भैरहेको भन्दै गरे नेता कार्यकर्तालाई यस्तो अपिल

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतापछि देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा लागेको आरोप लगाएका छन्।

Advertisement

नेपाल कम्युनिष्ट पार्टीको ७१ ‌औ स्थापना दिवसको अवसरमा प्रेस वक्तव्य जारी गर्दै प्रचण्डले प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नु जनमत र जनभावनाको सम्मान गर्दै समाजवादको आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार रहेको बताएका छन्।

Advertisement

‘पार्टीभित्र खुला र जनवादी छलफल गरी तथ्यद्वारा सत्यको अन्वेषण गर्ने विधिमार्फत पार्टी एकतालाई थप सुदृढ बनाउन सकिन्छ’, प्रचण्डले भनेका छन् ‘यस दिशामा सकारात्मक र रचनात्मक योगदानका लागि पनि सम्पुर्ण नेता कार्यकर्तालाई अपिल गर्दछु।’

कठोर संघर्षकै बलमा संघीय गणतन्त्र,समाजवाद उन्मुख संविधान लगायतका उपलब्धि भएको भन्दै प्रचण्डले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै समाजवादी क्रान्तिका लागि तयार हुनुपर्ने बताएका छन्।विश्वव्यापी महामारीका रुपमा देखिएको कोरोना भाइरस मानव जातिकै लागि नयाँ चुनौतीका रुपमा देखिएकाले सरकारको प्रयाससँग सहकार्य गर्न समेत प्रचण्डले आग्रह गरेका छन्।

उनले विज्ञहरुले सुझाएका सुरक्षाका उपायहरुलाई दृढताका साथ अबलम्बन गर्दै कोरोना भाइरस विरुद्ध एकताबद्ध संघर्षमा होमिन समेत उनले नेकपाका नेता कार्यकर्ता शुभेच्छुक र आम जनसमुदायमा अपिल गरेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)