हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपाल भारत सिमा विवाद र कोरोना संक्रमण रोकथामका लागि बालुवाटारमा सर्वदलीय बैठक

काठमाडौँ – नेपाल भारत सिमा विवाद र कोरोना संक्रमण रोकथामका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठक बालुवाटारमा सुरु भएको छ।

Advertisement

बैठकमा पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ। गत वर्ष कार्तिक १७ गते नेपाली भूमि लिम्यिाधुरा, लिपुलेक र कालापनी पनि समेटेर भारतले राजनीतिक नक्सा प्रकाशन गरेपछि प्रधानमन्त्री ओलीले त्यसको ६ दिनपछि कार्तिक २३ गते सर्वदलीय बैठक बोलाएका थिए।

Advertisement

परराष्ट्र मन्त्रालयले सोमबार उक्त भूमि नेपालको भएको भन्दै सडक निर्माण कार्य तत्कालै स्थगित गरी वार्तालाई निरन्तरता दिन नेपालस्थित भारतीय राजदूत विजयमोहन क्वात्रालाई भेट गरी क्वात्रामार्फत भारतलाई कुटनीतिक ‘नोट’ पठाएको अवस्था अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न ओलीले बैठक बोलाएका हुन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)