समाचार
हल्दिबारी संवाददाता ४ महिना अगाडि

नेपाल–भारत सीमा नजिकै टिकको बगानमा भेटियो व्यवसायी न्यौपानेको शव

गौरीगन्ज, झापा । झापाको दमकमा इलेक्ट्रोनिक्स र ठेक्कापट्टाको व्यवसाय गर्दै आएका ४८ वर्षीय रुपनारायण न्यौपाने मृत फेला परेका छन्। नेपाल–भारत सीमा नजिकै गौरीगन्ज गाउँपालिका–१ स्थित आफन्त बलराम थपलियाको टिक बगानमा रहेको मसलाको बोटमा उनी झुन्डिएको अवस्थामा फेला परेका हुन्। शिवसताक्षी नगरपालिका–१ स्थायी ठेगाना भएका न्यौपाने हिजो बिहान वाइरिङ गर्ने तारले घाँटीमा पासो लागेको अवस्थामा मृत भेटिएका हुन्।

​हिजो बिहान करिब ८ बजेतिर स्थानीयले न्यौपानेलाई मृत अवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार न्यौपानेले प्रयोग गर्ने प्रदेश १–०१–०१७ प ८९२८ नम्बरको मोटरसाइकल घटनास्थलदेखि करिब ५ सय मिटर उत्तरतर्फ फेला परेको छ। मृतकको शरीरमा बाहिरी चोटपटक नदेखिएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।

विज्ञापन (Advertisement)Advertisement

​मृतकका आफन्तहरूले भने मृत्युको प्रकृतिलाई लिएर शङ्का व्यक्त गरेका छन्। यद्यपि, प्रहरीले घटनाको विषयमा गम्भीरतापूर्वक अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्ट पछि थप तथ्य खुल्ने जानकारी दिएको छ। दमकमा प्रतिष्ठित व्यवसायीका रूपमा चिनिएका न्यौपानेको यसरी सीमा क्षेत्रमा पुगेर शव फेला परेपछि स्थानीय स्तरमा विभिन्न अड्कलबाजीहरू भइरहेका छन्।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)