काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङसँग भएको द्विपक्षीय भेटमा नेपाल र चीनबीच सम्बन्ध र सहकार्यका विविध क्षेत्रबारे छलफल भएको छ। बैठकमा दुवै देशका संयन्त्रहरूले सहयोग र सम्बन्ध अभिवृद्धि गर्ने समझदारी गरेको जनाइएको छ।

उक्त अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सन् १८१६ को सुगौली सन्धि अनुसार महाकालीपूर्वका भूभाग नेपालकै सार्वभौम क्षेत्र भएको बताएका छन्।

लिपुलेकलाई व्यापारिक मार्ग बनाउने चीन–भारतबीचको सहमतिमा नेपालले आपत्ति जनाउने स्पष्ट उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस मामिलामा चीनले सहयोग गर्ने विश्वास लिएको बताए।